७ कार्तिक २०८३, शनिबार

स्वास्थ्यमन्त्रीले गरे ‘मेरो पोषण साथी’ मोवाइल एपको शुभारम्भ (भिडिओसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुर्‍याउन बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा मेरो पोषण साथी मोवाइल एपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले अहिले पनि गरिव विपन्न वर्गहरु उपचार नपाएर वा उचित पोषण नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पर्‍याउन बिशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले सरकारले बनाएका राम्रा रणनीति र कार्ययोजना अलपत्र पार्ने परिपाटी बन्द नभएसम्म सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने अवस्थाको अन्त्य हुन नसक्ने धारणा राखे । आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्‍याउनुपर्ने कुरामा यसअघि पक्षपातपूर्ण व्यवहार गरिएको र अहिले तीन महिनामा धेरै सुधारका काम भएको उनले बताए ।

मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य सञ्चालन गर्नुपर्ने जिकिर गरे ।

मन्त्री बस्नेतले स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार रहेकाले यसबाट वञ्चित गर्न नहुनेमा जोड दिए । मेरो पोषणसाथी मोवाइल एपमार्फत गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने व्यवस्था गरिएको छ ।