
काठमाडौं, १० भदौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरूद्व मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरूद्व सरकारी कीर्तेमा मुद्दा दर्ता गरिएको हो ।
सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।
काठमाडौंका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले संगठित अपराधको मागदावी देखिएको अवस्था नरहेकाले किर्तेसम्बन्धी मुद्दामा अभियोजनपत्र दायर गरिएको बताए ।
त्यस्तै तत्कालीन अवस्थामा संगठित अपराधसम्बन्धी कानुन नै नभएको र संगठित अपराधसम्बन्धी ऐन २०७० मा मात्रै आएकाले पहिले भएको घटनामा पछि आएको कानून लगाउन नमिल्ने भएकाले संगठित अपराधको मुद्दा नचलाएको खत्रीको भनाइ छ ।
प्रकरणको प्रतिवादीमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायत छन् । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाइएको छ ।















प्रतिक्रिया