२९ कार्तिक २०८३, आइतबार

कांग्रेसले आरजुसहित टुंग्गायो संसदीय समितिका सभापतिका उम्मेदवार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणा देउवालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ ।

यसैगरी, राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार र अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाउन लागेको बताइएको छ ।

कांग्रेसले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ । बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सकिने सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरिएको छ ।