२९ आश्विन २०८३, बिहिबार

पुस्तकालय दिवसमा रक्तदान कार्यक्रम (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

१६औं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा सामाजिक क्रियाकलाप उपसमितिको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।

रक्तदानमा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहको थियो ।

२०८० साल साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री सुरेश अधिकारीको अध्यक्षतामा सोह्रौं पुस्तकालय दिवस, २०८० भव्य रूपमा मनाउनका लागि विभिन्न उपसमिति गठन गरिएको थियो ।

१६औं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले विभिन्न कार्यक्रम गरेर पुस्तकालय दिवस मनाइरहेका छन् ।