२९ आश्विन २०८३, बिहिबार

निषेधाज्ञापछि सुनसान बनेको धरान यस्तो देखियो, हेर्नुहोस् भिडिओ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ९ भदौ । स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि आज शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको समयमा भेला, जुलुस, र्‍याली निकाल्न रोक लगाएको थियो । निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन् ।

धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विभिन्न समूह तथा संस्थाले शनिबार र्‍याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

हेर्नुहोस् सुनसान धरानको भिडिओ–