३० आश्विन २०८३, शुक्रबार

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध, पहिरो पन्छाउने काम जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ९ भदौ । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुन:अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडौं हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए ।

हिजो शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख (डीई) गोपालप्रसाद खकुरेलले बताए ।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उनले जानकारी दिएका छन् ।