३० आश्विन २०८३, शुक्रबार

एमाले सचिवालय बैठकको नयाँ मिति तय, कहाँ बस्दैछ बैठक ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपा एमालेको आज सिरहाको विष्णुपरकट्टीमा बस्ने तय भएको केन्द्रीय सचिवालयको बैठक आगामी बुधबार अर्थात् भदौ १३ गते बस्ने भएको छ ।

आज जिल्लाको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनिएको बैठक निरन्तरको वर्षाका कारण स्थगित गरेर नयाँ मिति तय गरेको हो ।

बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या सृजना भएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो ।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो ।

सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।