
सुर्खेत, ९ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा जाने भएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकार संस्था (जुरिज)को आयोजनामा हुने वित्तीय, सामाजिक, मानवता नीजि, सहकारी, समुदाय र हरितसम्बन्धी कार्यक्रममा भाग लिन उनी स्वीट्जल्याण्ड जान लागेका हुन् ।
आफ्नो विदेश भ्रमणबारे शुक्रबार बसेको प्रदेश सभा बैठकमा जानकारी दिँदै उनले यही सेप्टेम्बर १ र २ (भदौ १५ र १६ गते) तारिखमा आयोजना हुने कार्यक्रममा भाग लिन जान लागेको बताए ।
उनले सो कार्यक्रममा कर्णालीसँग सहकार्य गर्नका लागि छलफल गर्ने जानकारी दिए । ‘हाम्रो विपन्नता, अपुगता र समस्यालाई हाम्रो बलबुताबाट कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर छ’, उनले भने, ‘कर्णालीमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने गरी समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा जुरिजमा छलफल गरिनेछ ।’











प्रतिक्रिया