
काठमाडौं, ९ भदौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।
शुक्रबार समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार/चार अंक भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलेको हो ।















प्रतिक्रिया