
धरान, ८ भदौ । सुनसरीको धरानमा पछिल्लो समय देखिएको जातिय एवम् सामाजिक विग्रहप्रति राजनीतिक दल, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सरोकारवालाहरूले चिन्ता व्यक्त गरिरहेका छन् भने सामाजिक सद्वभाव नखल्बल्याउन अपिलसमेत गरिरहेका छन् ।
यसैबीच १३ दलले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव खल्बलिने कुनै पनि कार्य नगर्न अपिल गरेको छ ।
शुक्रबार धरानमा बसेको सर्वदलीय बैठकले सामजिक सद्वभावका लागि अपिल गर्दै सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खल्बलिने कुनै सामग्री शेयर नगर्न दलहरूले अनुरोध गरेका छन् ।
‘भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरणसहज बनाउनका लागि भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, एमालेका हध्यक्ष कर्मजंग एभेङ, माओवादीका अध्यक्ष सुर्यबहादुर भट्टराई, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु, रास्वपाका संयोजक राजेशमान श्रेष्ठ, राप्रपाका सचिव तिलक मगर, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष पदम खेवाहाङ लगायतले हस्ताक्षर गरेका छन् ।
















प्रतिक्रिया