३० आश्विन २०८३, शुक्रबार

गायक शिरिष देवकोटा कसरी फसे गायिका शिलु भट्टराईको माया जालमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siris-silu– सुशिल नेपाल
पाल्पा, १८ जेठ । गहिरो सम्बन्ध बसी सक्छ एकअर्कोबीच । एक अर्काेबीच छुट्टिएर बाँच्न नसक्ने भैसकेका हुन्छन् । त्यहि भएर त एकले अर्कोलाई भेट्न कोशिस गरेका छन् ।

एक छोरीको बाउ समेत बनी सकेका शिरिष कसरी फसे त शिलु भट्टराईको माया जालमा ? पाल्पा जिल्लामा जन्मिएका शिरिष र गुल्मीमा जन्मिएकी शिलु बीचको यो सम्बन्ध भने यथार्थमा होइन् । जुन सम्बन्ध हो अब बजारमा आउन लागेको राईला गीतको । जुन गीतमा यी दुईले एकले अर्काको साथ खोजेका छन् ।

एउटा मायामा परेको मायालु जोडिको कथा बस्तुलाई समेटेर बजारमा ल्याउन लागिएको यो गीत शिलु भट्टराईको दोस्रो रोइला गीत हो ।

केहि समय अघि ‘मुखियाको छोरो’ एल्बम बजारमा ल्याएकी शिलुको अहिले शिरिष देवकोटासँग ‘झम्टि रुन आको’ नामक रोइला गीत बजारमा आउने तयारी छ । शिरिष देवकोटाको शब्द संगीतमा रहेको उक्त गीतमा शिलु र शिरिषको सुमधुर स्वर सुन्न सकिन्छ ।

बिशेष गरि रोइला गीतबाटै नाम कमाएका देवकोटा र शिलुको यो गीतपनि चर्चामा हुनेमा शिलु आशावादी छिन् ।

यस गीतमा रहेका शब्दले श्रोताको मन छुने गायिका शिलुको विश्वास छ । यस लगतै पनि पञ्चोबाजाको गीत र त्यस लगतै फेरि तीजको गीत बजारमा ल्याउने तयारी गरिरहेको गायिका शिलुले जानकारी दिईन् ।