
विराटनगर, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गरेका छन् ।
आज शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संविधान उल्लंघन गरेकोमा दु:ख लागेको भन्दै अब एमालेको नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले अहिले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने र विद्वेष फैलाउँदै मुलुकलाई अस्थिरताको परिस्थिति सिर्जना गर्न खोजिएको पनि बताएका छन् ।
केन्द्रमा एमालेको ध्यान सरकारमा बनाउन नभई राजनीतिक स्थिरता र स्थायित्व प्रदान गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा रहेको प्रष्ट पार्दै ओलीले संविधान कार्यान्वयन, मुलुकमा सुशासन, आर्थिक विकासका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जानुपर्ने उल्लेख गरे ।
एमाले अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले पूर्ण रुपमा अन्त्य गर्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया