३० आश्विन २०८३, शुक्रबार

आईएमई–पेले ल्यायो एशियाकपलक्षित ‘विकेट टू विन’ अफर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई–पेले’ एशिया कप क्रिकेट २०२३ लाई लक्षित गरी ‘विकेट टू विन’ अफर ल्याएको छ ।

एशिया कपमा नेपालको सहभागितामा खुसीयाली मनाउँदै कम्पनीले यस्तो अफर सार्वजनिक गरेको बताएको छ ।

आज शुक्रबारदेखि यही भदौ १२ गतेसम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आईएमई–पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘ASIACUP’ प्रोमो कोड प्रयोग गरी रू. १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

साथै, यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको नि:शुल्क सब्सक्रिप्सन पनि जित्न सक्ने छन् ।

अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले बताए ।