१६ कार्तिक २०८३, सोमबार

‘कोइरालाको नेतृत्वमा नै राष्ट्रिय सरकार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokharelचरीकोट, १८ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधान निर्माण र विपद् व्यवस्थापन गर्न सत्ता परिवर्तन अहिलेको ‘एजेन्डा’ नभई वर्तमान प्रधानमन्त्री सुशील कोइराला सरकार नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले एमाले र काँग्रेसले विगतमा गरेको सहमतिअनुसार संविधान जारी गर्नु प्रमुख लक्ष्य रहेको भन्दै सत्ताको जोड घटाउभन्दा पनि विपद्मा एकताबद्ध भई विपद् सामना गर्नुपर्ने बताउनुभयो ।

पुनःनिर्माणमा विदेशीको मात्रै आश गरेर नहुने बताउँदै पुनःनिर्माणमा आफ्नो सीप प्रयोग गर्दै आफ्ना घरटहरा आफैँ बनाउनुपर्नेमा जोड दिनुभयो । भूकम्पले ध्वस्त बनाएका संरचनाको पुनःनिर्माणमा खटिएका आफ्ना स्वयम्सेवक कार्यकर्ताले गरेका कार्यको अनुगमन गर्दै पोखरेलले समयअनुसार भूउपयोग नीति बनाउनुपर्ने बताउनुभयो । रासस