७ कार्तिक २०८३, शनिबार

धरानका पूर्व मेयरहरूको संयुक्त अपिल- सम्भावित दुर्घटना हुन नदिन सामाजिक सद्भाव कायम राखौँ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ८ भदौ । पछिल्लो केही समयदेखि धरानमा देखिएको जातिय विग्रहप्रति धरान उपमहानगरपालिकाका पूर्व मेयरहरूले चिन्त व्यक्त गरेका छन् ।

बिहीबार धरानका तीनजना पूर्वमेयर र एकजना उपमेयरले संयुक्त अपिल गर्दै धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघमा पूर्वमेयर तथा नागरिक अगुवा कुमारबहादुर कार्कीको अध्यक्षतामा बसेको भेलाले पछिल्लो परिस्थितिलाई राम्रोसँग नियालिरहेको भन्दै सामाजिक सद्भाव खल्बलिनेमा चिन्ता व्यक्त गरेका हुन् ।

धरानका निवर्तमान मेयर तिलक राई, पूर्वमेयर कुमारबहादुर कार्की, पूर्वमेयर मनोजकुमार मेन्याङबो र पूर्वउपमेयर मीनकुमार सुब्बाले संयुक्त अपिल जारी गर्दै सद्भाव कायम राख्न अपिल गरेका हुन् ।

‘धरान सास्कृतीक, भाषिक, जातिय तथा भौगोलिक विविधता र विषेशता बोकेको, धार्मिक सहिष्णुता, सास्कृतीक रुपमा बहुलतायुक्त समाज सधै एकबद्ध भएर अगाडी बढेको शहर हो । समाज भित्रका समुदायहरुमा आफ्नै प्रकारका संस्कृतीक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहदै आएको छ । एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यस अघि कहिले भएको छैन । तसर्थ वर्षोदेखि आपसी सद्भाव, भाइचार तथा एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विषेशता पनि हो । पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भईरहेका तथा समाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक असहिष्णु विचार र बहस प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । सम्भावित दुर्घटना हुन नदिन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दछौ,’ अपिलमा भनिएको छ ।

भेलाले धरानको सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिकस्तरबाट सद्भाव र्‍याली निकाल्ने निर्णयसमेत गरेको छ । र्‍याली छाताचोकस्थित पुरानो अस्पतालबाट सुरु भएर भानुचोकसम्म पुग्ने छ।