३० आश्विन २०८३, शुक्रबार

प्रदेश समितिलाई पत्रकार महासंघको चेतावनी– जिल्लाको फाइल सिधै झिकाउन नपरोस्

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नयाँ सदस्य र नवीकरणको विवरण पठाउन प्रदेश समितिहरूलाई सात दिनको अल्टिमेटम दिएको छ ।

नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र सदस्यता नविकरण सम्बन्धमा महासंघको २०७९ पुस ८–९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारण सभाको म्यान्डेटअनुसार गठित ‘शुद्धीकरण समिति–२०७९’ को आज बिहीबार बसेको बैठकले शुद्धीकरण मापदण्डअनुसार केही प्रदेश समितिबाट नयाँ सदस्य र नवीकरणको विवरण प्राप्त नभएकाले आजको मितिले ७ दिन अर्थात् २०८० भदौ १५ गतेभित्र नयाँ सदस्यता र नवीकरणको विवरण अनिवार्य पठाउन बाँकी रहेका प्रदेश समितिलाई अल्टिमेटम दिएको हो ।

शुद्धीकरण समितिका संयोजक तथा महासंघका महासचिव रोसन पुरीको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्यता र सदस्य नवीकरणको विवरण केन्द्रमा पठाउन बाँकी प्रदेशले विवरण नपठाए शुद्धीकरण मापदण्डको बुँदा नं. १५ को आफ्नो कार्यविधि अनुसार जिल्लाको फाइल सिधै शुद्धीकरण समितिले झिकाई आवश्यक निर्णय लिनेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।