१ कार्तिक २०८३, आइतबार

महिला टि–ट्वान्टी आई सिरिज: नेपाल र कुवेत भिड्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलबार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो ।