
काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले शीर्ष नेताहरुको साक्षी बस्नुको कुनै अर्थ नरहेको भन्दै आगामी बैठकमा सहभागी नहुने बताएका छन् ।
सामान्य कुरालाई पनि लम्ब्याउने र निष्कर्षमा पुग्न नदिने दलहरूको परम्परावादी सोचको साक्षी बस्न उचित नहुने धारणा उनको छ ।
यसरी दलहरूको साक्षी बस्दै जाने हो भने रास्वपा पनि बदनामी पार्टीमा परिणत हुनेमा आफूहरू सचेत रहेको भन्दै उनले आगामी बैठकमा औचित्य हेरेर मात्रै सहभागी हुने वा नहुने भनेर निर्णय गर्ने बताएका छन् ।
उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजमाथि शीर्ष तहमा सहमति जुटाएर सदनको अवरोध खुलाउने सहमति भए पनि शीर्ष तहकै बैठक प्रभावित भएका कारण आज मंगलबार पनि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।















प्रतिक्रिया