३० आश्विन २०८३, शुक्रबार

सुन प्रकरणमा समिति बने पनि सीआईबीको अनुसन्धान जारी रहन्छ : रमेश लेखक (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले ६० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बने पनि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अनुसन्धान जारी रहने बताएका छन् ।

आज मंगलबार सिंहदरबारमा बस्ने भनिएको सर्वदलीय बैठक स्थगित भएपछि उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सीआईबीको छानबिनलाई निरन्तरता दिएर निष्कर्षमा पुर्‍याउनेगरी उच्चस्तरीय समितिको मस्यौदा तयार पारिएको बताएका हुन् ।

सोमबारको सहमति अनुसार दस्तावेज तयार भएको उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताका कारण आज बैठक बस्न नसकेपछि भोलिका लागि बैठक तय भएको र त्यो बैठकले मस्यौदालाई अन्तिम रुप दिने जानकारी उनले दिएका छन् ।

जाँचबुझ आयोग २०२६ बमोजिमको उच्चस्तरीय समिति गठनसहितको दस्तावेज तयार गरिएको भन्दै लेखकले सीआईबीको छानविनलाई निरन्तरता दिएर निष्कर्षमा पुर्‍याउने र सुन तस्करी प्रकरणका भएका कमीकमजोरीलाई नियन्त्रण गर्ने गरी काम गर्ने उल्लेख गरे ।

रमेश लेखकको भिडिओ–

त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरिले बुधबार बस्ने बैठकले सवै बिषय टुङ्गाउने बताए ।

पदम गिरीको भिडिओ–

उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजमाथि शीर्ष तहमा सहमति जुटाएर सदनको अवरोध खुलाउने सहमति भए पनि शीर्ष तहकै बैठक प्रभावित भएका कारण आज मंगलबार पनि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।