काठमाडौं, १८ जेठ । जस्तापाता प्रकरणका कारण अर्थमन्त्री डा. रामशरण महतका स्वकिय सचिव रमेश महतले राजीना दिएका छन् ।
राहतको जस्तापाता बेच्न लागेको आरोप लागेका महतले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । नुवाकोटमा राहतका लागि आएको जस्तापाता महतले ट्रकमा लगेर बेच्न हिँडेको भन्दै स्थानीयले गत शनिवार नियन्त्रणमा लिएका थिए ।
जस्तापाता प्रकरणसँगै विवादमा तानिएका महतले आईतबार आफैले आयोजन गरेको पत्रकार सम्मेलनमा पत्रकारमाथि नै हातपात गरेपछि थप आलोचित बनेका थिए ।
उनले आफुमाथि निराधार आरोप लागेको र अर्थमन्त्रीको समेत बद्नामी गर्न लागेकाले राजीनामा दिएको बताएका छन् ।
उनले आफूमाथि लागेको आरोपको विषयमा निस्पक्ष छानबिन गर्न पार्टीसमक्ष आग्रह समेत गरेका छन् ।












प्रतिक्रिया