३० आश्विन २०८३, शुक्रबार

भाइको कोठामा लगेर महिला बलात्कार गर्ने डाँगी पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ भदौ । दाङमा २१ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।