३० आश्विन २०८३, शुक्रबार

गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएपछि शंकर पोखरेलले लेखे ‘इनफ इज इनफ’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: नेपाली कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएपछि लोकतन्त्र र संविधानको हुर्मत लिएको बताएका छन् ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै संविधान रक्षाको दाबी गर्ने गठबन्धनले नै लोकतन्त्र र संविधानको हुर्मत लिएको बताएका हुन् । पटक–पटक संविधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै भएको भन्दै उनले अब सबैले एकस्वरमा ‘इनफ इज इनफ’ भन्ने बेला आएको बताएका छन् ।

‘संविधान रक्षाको दाबी गर्ने गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा अब भन्नै पर्ने भो– अब त अति भयो,’ उनले लेखेका छन् ।

यस्तो छ एमाले महासचिव शंकर पोखरेलको टिप्पणी–