
विराटनगर, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिएका छन् ।
प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीलाई समेत मत हाल्न लगाएर उनले जबरजस्ती विश्वासको मत लिएका हुन् ।
उनको सो हर्कतको विपक्षी दल नेकपा एमालेले धाँधली गरेको आरोप लगाएको छ । इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरूको नाराबाजीका बीच मुख्यमन्त्री थापाले विश्वास को मत प्राप्त गरेको घोषणा गरेका थिए ।
मन्सुरीले आफू मतदान गर्न जाने बेलामा प्रदेश सभा सदस्य गीता तिम्सिनालाई अध्यक्षता गर्न आग्रह गरेपनि एमालेले विरोध जनाउँदै नाराबाजीमा उत्रियो ।
गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिएका हुन् ।















प्रतिक्रिया