
काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ ।
दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङले पुष्टि गरेका छन् ।
उनका अनुसार कार्यक्रमहरूमा सहभागी हुन कर्णाली पुगेका प्रधानमन्त्री प्रचण्डले मौसम खराबीका कारण समयमै फर्किन नपाएको वेटिङमा बस्दा अध्यक्ष ओलीलाई टेलिफोन गरेका हुन् ।
आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकअघि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई फोन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।















प्रतिक्रिया