
काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन् ।
सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको हलमा सोमबारदेखि सुरु भएको संसदीय सुनुवाइ प्रक्रियाका क्रममा श्रेष्ठले १८ पन्ने कार्ययोजना पेस गरेका हुन् ।
उनले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।
















प्रतिक्रिया