
काठमाडौं, ३ भदौ । प्रभु क्यापिटल लिमिटेड र गुह्येश्वरी डेन्टल मल्टीस्पेसियालिटी एन्ड इम्प्लान्ट हबबीच छुट सम्झौता भएको छ ।
सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र डेन्टलको तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि क्यापिटलका ग्राहकहरूले डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्ने छन् । यो योजनाबाट लाभ लिन ग्राहकहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित खाता नम्बर डेन्टललाई उपलब्ध गराउनु पर्नेछ ।
यो अफरको लाभ क्यापिटलका ग्राहकले छुट सम्झौता भएको मितिबाट एक वर्ष सम्म लिन सक्ने छन् ।















प्रतिक्रिया