
काठमाडौं, ३ भदौ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ ।
आईपीओ निष्काशनका लागि आज आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलो खोला ए जलविद्युत् आयोजना’ म्याग्दी जिल्लामा अवस्थित छ ।















प्रतिक्रिया