३० आश्विन २०८३, शुक्रबार

मध्यमार्गी विकल्प तय गरेर संसद खुलाउने तयारी भइरहेको छ : माधव सापकोटा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन् ।

आज आइतबार संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी विकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन दाबी गरेका हुन् ।

सरकार र प्रतिपक्षको अडानको बीचबाट मध्येमार्गी विकल्प अपनाउने तयारीस्वरुप दलहरूबीच निरन्तर छलफल भइरहेको बताउँदै सांसद सापकोटाले एमालेले सधँै अडान लिएर मात्रै नहुने र सोमबार बस्ने दलहरूको बैठकमा केही न केही सहमति गर्ने विश्वास व्यक्त गरे ।

उनले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नबन्ने र सीआईबीले मुद्दाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने स्पष्ट पारेका छन् ।