३० आश्विन २०८३, शुक्रबार

सबै प्रकरणका फाइल खुल्नुपर्छ, देश बदल्न कांग्रेसको अगुवाइ अनिवार्य : गगन थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरू गरेकामा केही आशा जगाएको बताए ।

ती सबै फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनको जोड छ ।

चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने धारणा महामन्त्री थापाको छ ।