३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले डाकेको बैठकमा गएनन् ओली, एमालेबाट नेम्वाङ र गिरी सहभागी

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलहरूको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

अन्य राष्ट्रिय दलका शीर्ष नेता सहभागी रहेको बैठकमा ओली भने सहभागी नभएका हुन् । उनले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बैठकमा पठाएका हुन् ।

प्रधानमन्त्रीले संसदको जारी अवरोध हटाउन राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै गत साउन १० देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।