१६ कार्तिक २०८३, सोमबार

हिमानीले भनिन्-‘राजतन्त्रप्रति नेपाली जनताको अगाध माया छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-saha
काठमाडौं, १८ बैशाख । पूर्वयुवराज्ञी हिमानी शाहले राजा र श्रीपेचप्रति नेपालीहरुको अगाध माया भएको बताएकी छिन् ।

हिमानीले श्रीपेचसम्बन्धि एक समाचार आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै यस्तो लेखेकी हुन् । हिमानीले फेसबुकमा लेखेकी छिन्,–‘राजतन्त्र र श्रीपेचमाथि नेपाली जनताको अगाध माया छ भन्ने यो समाचारबाटै पुष्टि हुन्छ ।’

नेपालमा राजतन्त्रको अवसानपछि उनले कहिल्यै पनि राजतन्त्रको विषयमा मुख खोलेकी थिइनन् । भूकम्पपछि हिमानी ‘हिमानी कोष’ मार्फत नेपालको बिभिन्न ठाउँमा राहत बाँड्न हिडेकी थिइन् ।

उनले खाद्यान्नदेखि जस्तापातासम्मको राहत सामग्री बितरण गरेकी थिईन् । उनले आफ्नै व्यक्तिगत संस्था ‘हिमानी कोष’ मार्फत विभिन्न प्रकारका सामाजिक कार्य समेत गर्दै आएकी छिन् ।

Himani-news