
काठमाडौं, २ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिन्डिकेट खडा गरी प्रमुख दलहरूले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् ।
अध्यक्ष थापाले प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको दाबी गर्दै तीव्र रोष प्रकट गरे ।
पार्टीको काठमाडौं महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्यका लागि विद्यमान व्यवस्थाकै अन्त्य जरुरी भएको बताएका छन् ।















प्रतिक्रिया