३० आश्विन २०८३, शुक्रबार

संसदको अवरोध नियमसङ्गत नभइ राजनीतिक हो : सुवास नेम्वाङ (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २ भदौ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसङ्गत नरहेको बताएका छन् ।

संघीय संसद सचिवालयले आज शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नष्रेको भन्दै संसदको अवरोध नियमसङ्गत नरहेको बताएका हुन् ।

नियमसंगत नहुँदा राजनीतिकरुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको भएको उनले बताए । ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुन:पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने ।

नेता नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा व्यक्त गरे । उनले जनताले जनताका लागि बनाएको संविधानको सफल कार्यान्वयनका लागि सबै दलहरू पनि गम्भीर हुनुपर्ने बताए ।

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

नेम्वाङको थप व्याख्या भिडियोमा सुन्नुहोस्–