३० आश्विन २०८३, शुक्रबार

तीन महिना बित्दा पनि पत्ता लागेन आरतीको हत्यारा, आफन्तद्वारा माइतीघरमा प्रदर्शन (भिडिओ)

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

घटना भएको तीन महिना वितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लािग पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरुले मुखमा कालो पट्टी बाँध्दै मौन धर्ना दिएका हुन् ।

आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ ।

आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधी उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।