३० आश्विन २०८३, शुक्रबार

१५ वर्षीया बालिकाको पेटमा बच्चा हुर्किदै गएपछि खुल्यो सामूहिक बलात्कारको रहस्य

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, २ भदौ । डोल्पामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका–५ का २७ वर्षीया धर्मराज बोहारा, सल्यान कुमाख गाउँपालिका–५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका–९ का २१ वर्षीया कृष्ण विक छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार सो घटनामा पक्राउ परेका तीन जनासहित ९ जनाविरुद्ध उजुरी परेको छ ।

घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएका थिए । बलात्कृत बालिकाको पेटमा बच्चा समेत रहेको प्रहरीले जनाएको छ ।