१६ कार्तिक २०८३, सोमबार

राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्छ : नेता खाँड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balKrisha_khad– रबिना बोहरा
बागलुङ, १८ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद् बालकृष्ण खाँडले संविधान निर्माण र स्थानीय निर्वाचनलाई जोडेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस यृुनियन बागलुङले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानिय निकायको निर्वाचन हुन नसक्दा देश विकास हुन नसकेको भन्दै राष्ट्रिय सरकारबाटै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

खाँडले नेपालको राज्य व्यवस्था नै कमजोर रहेको भन्दै शहरीकरण र बस्ती विकासको लागि सरकार योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताउनुभयो । नेपाल भूकम्पको उच्च जोखिमयुक्त देश भएकाले भौतिक संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

समृद्ध नेपाल बनाउन नेपाललाई नयाँ चुनौती थपिएको भन्दै उहाँले राज्य व्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा भूकम्प आएता पनि भौतिक संरचनामा क्षति पुगेता पनि मानवीय क्षति नहुने खालको योजना बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारको नीति र नियम नै कमजोर रहेकाले देशले आर्थिक क्षेत्रमा फड्को मार्न नसकेको खाँडले बताउनुभयो । कार्यक्रममा सभाषद् रत्ना शेरचनले नेपाली कांग्रेसको केन्दिय निर्णय अनुसार पर्वतको भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनःनिर्माणमा जुटेको भन्दै आपतकालीन समयमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।