३ कार्तिक २०८३, मंगलबार

फेसबुकमा अलबिदा लेखेका मुसिकोटका वडाध्यक्ष मृत भेटिए

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । गुल्मीको मुसिकोट नगरपालिका-१ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान करिब ५ बजे फेसबुक स्टाटसमा अलबिदा लेखेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे,’ उनले फेसबुकमा लेखेका थिए, ‘घर परिवार, साथीभाइ, शुभ चिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।’

घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।