२८ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा आज सार्वजनिक विदा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ भदौ । सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ । ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपलगायतका रोगव्याधीबाट बच्न सकिने विश्वास रहिआएको छ ।