
बर्दिया, ३२ साउन । आफ्नो छोराको श्रीमती (बुहारी) लाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने वर्ष ५३ को भरथरी चौधरी छन् ।
उनले मोबाइल चलाएको निहुँमा हिजो बुधबार २५ वर्षीया बुहारी प्रमिला चौधरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । भरथरीले मादक पदार्थ सेवन गरी बुहारीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
बुहारी कुट्ने सुसुरा भरथरी चौधरीलाई सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट म्याद लिई थप अनुसन्धान तथा कानून बमोजिम आवश्यक कारवाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया