३ कार्तिक २०८३, मंगलबार

सर्वोच्चको ठहर- रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरीको क्रुर ढङ्गले हत्या गर्‍यो (पूर्णपाठ)

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले टीकापुर हत्या काण्ड रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।

सर्वोच्च अदालतले मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै चौधरीकै नेतृत्वमा आठजना प्रहरीको हत्या भएको ठहर गरेको हो ।

अदालतले चौधरीको समूहले ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ घटाएको सर्वोच्चको पूर्णपाठमा भनिएको छ । य

हत्या गरिएका प्रहरीले जीवनदान माग्दा पनि लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको पुष्टि भएको पनि सर्वोच्चले उल्लेख गरेको छ ।

यस्तै अदालतले चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहामाथि गम्भीर प्रश्न पनि उठाएको छ ।