२८ कार्तिक २०८३, शनिबार

सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैनः पूर्वराष्ट्रपति भण्डारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सफलता केवल ग्रेडद्वारा परिभाषित नहुने बताएकी छन् ।

कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बुधबार बधाई तथा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

‘राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा उतीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु । लामो समयको समर्पण, कडा मेहनत र लगनशीलताको परिणामस्वरूप आज तपाईँहरूले आफ्नो शैक्षिक यात्राको कोशेढुङ्गा पार गर्नुभएको छ । तपाईँहरूको यस सफलतामा म अत्यन्त हर्षित छु ।’ पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘अब तपाईंहरू आफ्नो जीवनको अर्को अध्यायमा प्रवेश गर्दै हुनुहुन्छ । चाहे त्यो उच्च शिक्षाको खोजी होस्, व्यावसायिक मार्गहरूको खोजी होस् वा आफ्ना रूचिका विविध क्षेत्रलाई अँगाल्नुहोस्, तपाईंले आज पर्यन्त प्राप्त गर्नुभएको ज्ञान र अनुभवहरू अवश्य नै उपयोगी हुनेछन् । जीवनमा तपाईँले सामना गर्ने प्रत्येक चुनौतीहरू नै तपाईँका लागि सिक्ने, आफूलाई सुदृढ बनाउने र अगाडि बढ्ने अवसरका रूपमा परिणत हुनेछन् । सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन, बरु तपाईंले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ । आउँदो दिनको तपाईंको सफलताले तपाईंको परिवार, समाज र राष्ट्रलाई नै योगदान पुग्नेछ । पुन सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा बधाई र शुभकामना ।’