३ कार्तिक २०८३, मंगलबार

उद्दार गर्दागर्दै आफैं संसारबाट बिदा भए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Shresthaकाठमाडौं, १८ जेठ । साँखुका बकुनारायण श्रेष्ठको शनिबार बिहान भत्केको भग्नावशेष सफा गरिँदै थियो । त्यही घर सफा गर्ने काममा खटिएका थिए, राजेन्द्र श्रेष्ठ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका उपत्यका अध्यक्षसमेत रहेका राजेन्द्र पार्टीले सुरु गरेको घर भत्काउने र टहरा बनाउने कामको अगवाई गर्दै थिए ।

बखुनारायणको घरसँगै जोडिएको राजेन्द्रको घरसमेत आंशिक रुपमा चर्केको थियो । उनको आफ्नै घरको पनि सरसफाइ हुँदै थियो । उनको पानी ट्यांकी सफा गर्न दुई महिनापछि खोलिएको थियो । गोकर्णका शिवराम श्रेष्ठ ट्यांकी सफा गर्न पसेका थिए । शिवराम भित्रै बेहोस भए ।

उनलाई उद्दार गर्न राजेन्द्र गए । उनी पनि भित्रै बेहोस भए । ‘अक्सिजन कमी भएजस्तो छ,’ स्थानीयबासी महेन्द्रलाल श्रेष्ठले भने,‘दुवै ट्यांकीमै मृत अवस्थामा भेटिए ।’ ३६ वर्षीय राजेन्द्र भूकम्प गएदेखि नै हरेक दिन राहत र उद्दारमा खटिएका थिए ।

उनी खाँसुमै सक्रिए अगुवा थिए । भुइँचालो आएको पहिलो दिन बेलुका बजारबाट एकजना महिलाको शव निकालियो । त्यसलाई व्यवस्थापन गर्न महेन्द्रलाल, राजेन्द्रलगायत युवा खटे । त्यतिबेला उद्दार गर्न कोही पुगेको थिएन ।

सबै डराएका थिए । भोलिपल्ट राजेन्द्रलगायत पाँचजनाको समूहले २१ जनाको शवको उद्दार गर्यो । तर तिनै राजेन्द्र उद्दार गर्दागर्दै संसारबाट बिदा भए । आजको कान्तिपुर दैनिकमा खबर छ ।