१ कार्तिक २०८३, आइतबार

मेसी नेतृत्वको इन्टर मियामी फाइनलमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । लिओनल मेसी नेतृत्वको अमेरिकी टोली इन्टर मियामी लिग कपको फाइनलमा पुगेको छ ।

आज बिहान भएको सेमिफाइनलमा मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो । मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले एकएक गोल गरे ।

फिलाडेल्फियाका लागि एलेजेन्ड्रो बिडोयाले एक गोल फर्काए । योसँगै अब इन्टर मियामीले उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।