
काठमाडौं, ३१ साउन । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ६ शनिबार र ७ गते आइतबार हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ २२ गते भित्र बोर्डको खातामा ६ सय रूपैँया परीक्षा शुल्क बुझाउनुपर्नेछ । सो अवधिभित्र रकम जम्मा गर्न छुटेकाले भदौ ३१ गते भित्र दोब्बर दस्तुर १ हजार २ सय रूपैयाँ जम्मा गरेको भौचरसहित आवेदन फाराम बझाउनुपर्ने बोर्डले जनाएको छ । परीक्षा केन्द्र पछि तोकिने बोर्डले जनाएको छ ।
कक्षा १२ को नतिजा हिजो मंगलबार सार्वजनिक भएको थियो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएका थिए ।












प्रतिक्रिया