
काठमाडौं, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
सो नतिजा हेर्न विद्यार्थीहरूले बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सक्ने छन् ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट (www.meb.gov.np) र नेपाल टेलिकमको वेबसाइट (www.neb.ntc.np) मा गएर हेर्न सकिन्छ ।
त्यसैगरी, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।















प्रतिक्रिया