३० आश्विन २०८३, शुक्रबार

ननग्रेडमा परेकाले असोजमा ग्रेडवृद्धि परीक्षा दिन पाउने, ननग्रेडको संख्या अग्रेजीको धेरै

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । आज सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीहरूले आगामी असोजमा ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।

त्यसका लागि आगामी असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रि परीक्षा बोर्डले जानकारी दिएको छ ।

सो परीक्षामा दुई विषयसम्म ननग्रेड ल्याएका विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

यस पटकको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा बोर्डले जनाएको छ । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।

नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको बोर्डले जनाएको छ ।