१६ कार्तिक २०८३, सोमबार

काठमाडौंमा भूकम्पको अर्काे धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, १८ जेठ । वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेका बेला नेपालमा सोमबार विहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको हो ।

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ४ रेक्टर स्केलको हो । यसअघि आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङलाई केन्द्रविन्दु बनाएर पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार आइतबार एउटा मात्रै पराकम्पन गएको छ । जसले अब पराकम्पन घट्दै गएको बताइएको छ ।

Earth-quake-table