३ कार्तिक २०८३, मंगलबार

म सरकारलाई कुनै पनि छानबिनमा सघाउन तयार छु: कृष्णबहादुर महरा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले आफू अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।

दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफू सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको तर अहिलेसम्म आफूलाई कसैले नबोलाएको बताएका हुन् ।

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?’ उनले भने ।

महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गर्दै सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे। ‘बिनाकारण सुन प्रकरणमा मलाई सञ्चारमाध्यमले मुछिरहेका छन्,’ उनले भने, ‘यसरी हुँदै नभएको कुरा गलत प्रचार गरिनु सही होइन।’

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको उनले दाबी गरे ।