
काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारले सन् २०४७ सम्ममा भारत विकसित राष्ट्र बन्ने बताएका छन् ।
७७औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले विकसित राष्ट्र बनाउन विभिन्न योजनाका साथका कामहरु गरेको भन्दै सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने बताए ।
२५ वर्षदेखि बन्ने चर्चा भएको नयाँ संसद भवन आफ्नै कार्यकालमा बनेको बताउँदै उनले यो सरकार काम गर्ने, लक्ष्य पूरा गर्ने सरकार भएको दाबी गरे ।
उनले अहिलेको भारत र आफ्नो सरकार आत्मविश्वासले भरिएको सरकार रहेको उल्लेख गर्दै काम गर्न नरोकिने, नथाक्ने र हार नमान्ने चर्चा गरे ।
भारतले आज मंगलबार ७७औँ स्वतन्त्रता दिवस मनाइँरहेको छ । बेलायत साम्राज्यबाट स्वतन्त्र भएको दिनका रुपमा भारतले प्रत्येक वर्ष अगष्ट १५ का दिन अर्थात आज स्वतन्त्रता दिवस मनाउने गरेको छ ।
सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट भारत मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर गएपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।















प्रतिक्रिया