३० आश्विन २०८३, शुक्रबार

उच्चस्तरीय छानविन आयोग गठन नगर्ने सत्तारुढ गठबन्धनको निष्कर्ष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन आयोग गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न नसक्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनले सीआईबीले छानबिन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानबिन माग्नु भनेको अहिलेको छानबिनलाई प्रभावित पार्नु भएको भन्दै दलहरू एकमत रहेको बताए ।

बैठकमा सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषयमा छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी गराएको पाण्डेले जानकारी दिए ।

त्यस्तै, गौरहत्या प्रकरणमा आफूहरूलाई निशाना बनाएको भन्दै जसपाका नेताहरुले आपत्ति जनाएका थिए । यस विषयमा चारवटा प्रतिवेदनका फरक–फरक निष्कर्ष निस्किएको र प्रभावितहरूको सम्पूर्ण माग पूरा भएकाले कानुनसम्बत् ढंगले टुङ्ग्याउनुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको पाण्डेले बताएका छन् ।

त्यस्तै, ललिता निवास प्रकरणमा पनि छलफल भएको उनको भनाइ छ । उनले गठबन्धनको बैठक पुन बस्ने र थप विषयमा पुन: छलफल हुने बताइएको छ ।